काठमाडौंमा ४४ केन्द्रबाट पहिलो मात्रा भेरोसेल खोप लगाइने



Download our app to get more features

काठमाडौं, २९ असार । कोरोना विरुद्धको भेरोसेल खोप आज काठमाडौंका ६ वटा अस्पतालबाट लगाउन पाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले आज ६ वटा अस्पतालबाट खोप दिने तय भएको जानकारी दिए । 

उनका अनुसार पिपुल्स डेन्टल, मनमोहन मेमोरियल अस्पताल, जनमैत्री, टेकु, शंकरापुर अस्पताल जोरपाटी र निजामति अस्पतालले आफुहरु आजैबाट खोप कार्यक्रम सञ्चालन गर्ने बताएको र सो केन्द्रहरुमा विहान १० बजेदेखि खोप लगाउन सुरु गरिने छ । भोलीदेखि थप केन्द्रहरुबाट पनि खोप लगाइने उनले जानकारी दिए ।  ४४ वटा खोप केन्द्र प्रस्ताव गरि जिल्ला प्रशासन कार्यालयमा पठाइएको र आज निर्णय हुने उनले बताए । उपत्यकामा भक्तपुर र ललितपुरमा भने खोप केन्द्र तय भइसकेको छैन । 

५५ वर्ष र सो माथिका उमेर समुहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिक, विश्वविध्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति तथा खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुलाई भरोसेल खोप दिइने छ भने ५० वर्ष देखि ५४ वर्ष उमेर समुहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक, हाल नेपालमा बसोवास गरिरहेका शरणार्थिहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरु, यस अघिको अभियानहरुमा खोप लगाउन छुट भएका सबैलाई जोनसन एण्डन जोनसनको खोप दिने निर्णय भइसकेको छ । 

भेरोसेल खोप अभियान सकिएपछि जोनसन एण्ड जोनसनको खोप कार्यक्रम सञ्चालन गरिनेछ ।

Last modified on 2021-07-13 21:03:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts