गण्डकीमा साढे १ लाख डोज कोरोना खोप लगाइँदै



Download our app to get more features

कास्की, २९ असार । गण्डकी प्रदेशमा कोभिड–१९ विरुद्धको १ लाख ४२ हजार ६ सय ५० डोज भेरोसेल खोप आजदेखि लगाइँदै छ । नवलपरासी, म्याग्दी, मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा खोप पुगिसकेको छ ।

नवलपरासी र म्याग्दीका लागि गाडीमा पठाइँदै छ भने मनाङ र मुस्ताङका लागि हेलिकप्टरमा पठाउने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक खिम बहादुर खड्काले जानकारी दिए ।

मनाङ, मुस्ताङमा थोरै जनसंख्या भएकाले अब सबैलाई लगाइसक्ने गरी तयारी गरिएको खड्काले जानकारी दिए । ‘मनाङ, मुस्ताङमा केही दिनअघि पनि खोप पठाइएको थियो । सबैको लगत तयार गर्नुस् र अब यही लटमा सकौं भन्ने छ,’ खड्काले भने ।

५० देखि ५४ वर्ष उमेर समूहका मानिस तर पहिलो डोज लगाउन बाँकी भएकाहरूले पाउनेछन् । विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने छ ।

गण्डकीमा करिब २ लाख २० हजारले पहिलो डोज लगाइसकेका छन् । करिब ६१ हजार जनाले दोस्रो डोज पनि लगाइसकेका छन् ।

Last modified on 2021-07-13 19:30:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts