अमेरिका र चीनबाट आएको खोप भोलिदेखि नै लगाइने, को-को परे प्राथमिकतामा ?



Download our app to get more features

काठमाडौं, २८ असार । सरकारले भोलिदेखि चीन र अमेरिकाले उपलब्ध गराएको खोप लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार खोप उपलब्धताका आधारमा भोलिदेखि नै खोप अभियान सञ्चालन हुने भएको छ ।

सरकारको निर्णय अनुसार चीनले उपलब्ध गराएको भेरोसेल खोप ५५ वर्ष र सोभन्दा माथिको उमेर समूहलाई पहिलो मात्रा लगाउन बाँकी सबै नागरिकलाई लगाइने छ । 

विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई खोप लगाइने छ । 

यस्तै अमेरिकाले उपलब्ध गराएको ज्यानसिनको हकमा पनि सरकारले उमेर समूह लगायतको मापदण्ड तोकेको छ । जसमा ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकहरु, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थिहरु र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरु (यसअघिको अभियानहरुमा खोप लगाउन छुट भएका) लाई पनि खोप लगाइने छ । सरकारले प्राथमिकतामा भित्र मात्र रही जिल्ला कोभिड खोप समन्वय र अनुगमन समितिको निर्णय अनुसार खोप प्रदान गर्न र अन्यथा भएमा प्रचलित कानूनबमोजिम हुने पनि बताएको छ । 

मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले खोप केन्द्र निर्धारण लगायतको जिम्मेवारी जिल्ला स्वास्थ्य कार्यालयलाई दिइएको बताए । 

अमेरिकाले उपलब्ध गराएको खोप सबै जिल्लामा पुगि नसकेका कारणले जसरी जसरी खोप पुग्दै जान्छ । त्यसरी नै खोप अभियान सञ्चालन हुनेपनि उनले जानकारी गराए ।

यस्तै खोप दिने र लिने आधारपनि सरकारले निर्धारण गरेको छ । खोप लगाउन जाँदा र दिनेहरुले के के कुरामा ध्यान दिने ? जानौं :

Last modified on 2021-07-13 08:09:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts