२४ घन्टामा थप १८ जनाको कोरोनाका कारण मृत्यु, १ सय ६३ जना भेन्टिलेटरमा
काठमाडौं, २८ असार । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ ।
यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७ सय १२ रहेको छ । जसमा २३ हजार ९ सय ४७ जना होम आइसोलेसनमा छन् भने २ हजार ७ सय ६५ संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
यस्तै हाल देशभर संस्थागत आइसोलेसनमा भर्ना भएका संक्रमितमध्ये ५ सय ४९ जना आईसीयूमा भर्ना भएका छन् भने १ सय ६३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
Last modified on 2021-07-13 06:55:12