चिकित्सकको लाइसेन्स परीक्षा फारम मंगलबार खुल्दै
काठमाडौं, २८ असार । मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षाका लागि मंगलबार(भोलि)बाट फारम खुला गरेको छ। असार २९ गतेदेखि अनलाइन फारम खुला गर्ने काउन्सिलले सूचना निकालेर जानकारी दिएको हो।
श्रावण २८ र २९ गते ६० औं चिकित्सक दर्ता प्रमाण पत्र परीक्षा गर्ने तयसमेत काउन्सिलले गरिसकेको छ। ‘असार २९ देखि साउन १८ गतेसम्म नियमित तथा साउन १९ र २० गते विलम्ब शुल्कसहित फारम बुझाउन सकिने व्यवस्था गरिएको छ,’ काउन्सिलले जारी गरेको सूचनामा उलेल्ख छ।
अनलाइन आवेदन फारम भर्ने र बुझाउने व्यवस्था भने २४ घन्टा खुल्ला रहने काउन्सिलले जनाएको छ। चार चार महिनको फरकमा हुने परीक्षा कोरोनाका कारण केहि समयदेखि नियमित हुन सकेको थिएन।
Last modified on 2021-07-13 06:51:18