खोप वितरण समान रुपमा गर्न एआईएनको आग्रह



Download our app to get more features

काठमाडौं, २८ असार । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ (एआईएन)ले समान रुपमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप वितरण गर्न आग्रह गरेको छ।
एआईएनले एक अपिल जारी गर्दै खोप वितरण निस्शुल्क र भेदभावरहित रुपमा हुनुपर्नेमा जोड दिएको हो ।

'जोखिम समूहमा रहेका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दीर्घरोगी र विकास निर्माण कार्यको अग्रस्थानमा रहेकाहरुलाई लक्षित गर्दै कोभिड-१९ भ्याक्सिन वितरण गर्न आग्रह गर्दछौं ।' अपिलमा भनिएको छ । 
अमेरिका, चीनलगायतका मुलुकहरुबाट विभिन्न देशहरुमा खोप आयात भइरहेको सन्दर्भमा एआईएनले यस्तो आग्रह गरेको हो ।

संसारभर असमानरुपमा भ्याक्सिन वितरण भइरहेको र निश्चित देशहरुले असंख्य मात्रामा खोप कब्जा गरेका कारण नेपाल जस्ता मुलुकहरु समस्यामा परेको समेत अपिलमा उल्लेख गरिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts