मानसिक अस्पताल पाटनका डा.अर्याल मृत फेला



Download our app to get more features

काठमाडौं, २७ असार । मानसिक अस्पताल पाटनका कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा. सुदिप अर्याल मृत अवस्थामा फेला परेका छन् ।  

आइतबार दिउँसो बुढानिलकण्ठस्थित एक होटलमा डा. अर्याल मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताएका हुन् । 

डा. अर्यालको मृत्यु के कारण भएको हो भन्ने विषयमा पोष्टमार्टम गरेपछि मात्र थाहा हुने एसपी बस्नेतले जानकारी दिए । उनका अनुसार मृतकको कोठमा विष फेला परेको छ। 

डा. अर्याल हालै एमडी गरि विगत १० महिनादेखि पाटन अस्पतालमा कार्यरत थिए । आज बिहान ९ बजे घरबाट अफिस जान भनि निस्किएका डा. अर्यालले अफिसमा १० बजे पखाला लागेको भनेर खबर गरेका थिए ।  

Last modified on 2021-07-12 08:29:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts