थप २० जनाको कोरोनाका कारण मृत्यु, सक्रिय संक्रमितको संख्या २६ हजार



Download our app to get more features

काठमाडौं, २७ असार । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप २० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २० जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ३ सय ८२ पुगेको छ ।

यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १ सय ७३ रहेको छ । जसमा २३ हजार ४ सय ७१ जना होम आइसोलेसनमा छन् भने २ हजार ७ सय २ जना संस्थागत आइसोलेनसमा छन् ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये ५ सय ५३ जना आईसीयूमा उपचाररत छन् भने १ सय ७५ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।

Last modified on 2021-07-11 20:59:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts