नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य विकास भएको छ : प्रधानमन्त्री ओली

सन् २०२१ को अन्त्यसम्म सबै नागरिकले खोप पाउने



Download our app to get more features

काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको चिकित्सा क्षेत्रमा उल्लेख्य विकास भएको दावी गरेका छन् ।

वीर अस्पतालको नव निर्मित सर्जिकल भवनको उ्दघाटन गर्दै उनले ३ वर्षमा नेपालको स्वास्थ्य क्षेत्र धेरै माथि उठेको बताए ।

उनले नेपालको सबैभन्दा पुरानो वीर अस्पताल पछिल्लो समय फड्को मार्दै जनताको सेवामा समर्पित रहेको बताए ।

उनले नेपालको स्वास्थ्य क्षेत्रमा भएको विकासका कारण सबै प्रकारका रोगहरुको उपचार र निदान सम्भव रहेको र सर्वसुलभ रहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले भने, 'नेपालमा स्वास्थ्य क्षेत्रमा भएको विकासका कारण आफ्नो मिर्गौला प्रत्यारोपण पनि यहि गरेको हुँ । बाह्यको तुलनामा सस्तो र व्यवस्थित तरिकाले सेवा लिन सकिने अवस्थाको विकास नेपालमा भइरहेको र यो खुशीको कुरा हो ।'

उनले वीर अस्पतालले १ सय ३१ वर्षदेखि नागरिकलाई सेवा प्रवाह गर्दै आएको र आगामी दिनमा पनि यसले सेवालाई थप सहज र सर्वसुलभ तरिकाले दिने पनि बताए ।

नेपालमा कोरोनाको स्वाब परीक्षणका लागि नमूना बाहिर पठाउनुपर्ने र अन्य उपचारका लागि पनि बाहिर जानुपर्ने अवस्था रहेकोमा हाल त्यो समस्या पनि समाधान भएको र अब सर्वसाधारणले नेपालमै सहज र सस्तो मूल्यमा उपचार लिन पाउने भएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले मुलुक मात्रै नभई पुरै विश्व नै कोरोना महामारीविरुद्धको चपेटामा रहेको बेला सरकार कोरोना विरुद्धको खोप अभियानलाई प्रभावकारी रुपमा चलाउनमा केन्द्रीत रहेको बताए ।

उनले कोरोनाविरुद्धको खोपका कारण कोही पनि तडपिन नपर्ने भन्दै नेपालीलाई अब खोपको अभाव हुन नदनिे पनि उल्लेख गरे ।

सन् २०२१ को अन्त्यसम्ममा सबैलाई खोप दिने लक्ष्य अनुसार सरकार अघि बढिरहेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले खोप अभियानमा लक्ष्य अनुसार सबैलाई खोप दिन ढिलो भएपनि नआत्तिन आग्रह गरे । 

जनताको जीवननै सबथोक रहेको कुरालाई मनन गर्दै सरकारले काम गरेकाले स्रोत र साधनमा अन्य देशभन्दा पछाडि रहेको हाम्रो देशमा कोभिड नियन्त्रण हुन सकिरहेको प्रधानमन्त्री ओलीको दावी छ । 

Last modified on 2021-07-11 11:40:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts