१० हजार ४ सय १७ कोरोना परीक्षण गर्दा २१ सय ६९ जनामा कोरोना पुष्टि, थप २२ को मृत्यु
काठमाडौं, २६ असार । नेपालमा थप २ हजार १ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १० हजार ४ सय १७ कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ६लाख ५४ हजार २ सय १२ र एन्टीजेन विधिबाट ४३ हजार ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टाम थप १४ सय ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ६लाख १८ हजार ३ सय ६१ पुगेको छ ।
गत २४ घन्टामा देशभर थप २२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ३ सय ६२ पुगेको छ ।
Last modified on 2021-07-11 08:15:10