सप्तरीमा झाडापखालासहितको समस्याका कारण १ जनाको मृत्यु, २५ जना बिरामी



Download our app to get more features

सप्तरी, २६ असार । सप्तरीमा झाडापखालासहितको समस्याका कारण २५ जना बिरामी भएका छन् । एक जनाको मृत्यु भएको छ ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा झाडापखाला, वान्तासहितको समस्याका कारण मानिसहरु बिरामी हुन थालेको बताइएको छ ।

गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालका प्रमुख डा.रञ्जीत झाले तिलाठी कोइलाडीमा झाडापखालासहितको समस्या देखिएको र एक जनाको मृत्यु समेत भइसकेको बताए ।

हाम्रो डक्टर न्यूजसँगको कुराकानीमा उनले भोजमा सहभागि भएकाहरुमा यस्तो समस्या देखिएको बताए ।

उनले भने, ‘हालसम्मको प्रारम्भिक विवरण अनुसार भोजमा सहभागि भएकाहरुमा फूड पोइजिनिंग हुन सक्ने अनुमान गरिएको छ भने एकै परिवारका ४ जना भोजमा आएको कोशेली खाएर बिरामी भएका छन् ।’

डा.झाले अवस्थाबारे बुझ्न र के कारणले उनीहरु बिरामी भइरहेका छन् त्यसबारे अध्ययन भइरहेको पनि जानकारी गराए ।

डा.झासहितको एक टोली तिलाठी कोइलाडी पुगेको छ । बिरामी भएकाहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।

Last modified on 2021-07-11 08:14:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts