भारतमा कोरोना संक्रमितको संख्या घट्दै 



Download our app to get more features

एजेन्सी, २२ असार । भारतमा थप ३४ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ३४ हजार ७०३ जनामा कोरोना पुष्टि भएको हो । यो संख्या १११ दिनमा भेटिएको सबैभन्दा कम हो । योसँगै भारतमा संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ६ लाख बढी रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ५२ हजार जना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या २ करोड ९७ लाख ५२ हजार २९४ पुगेको छ । यो कुल संक्रमितको ९७ दशमलव १७ प्रतिशत हो ।

यसैगरी २४ घण्टामा ५५३ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४ लाख ३ हजार नाघेको छ । 

भारतमा अझै पनि ४ लाख ६४ हजार सक्रिय संक्रमित छन् । भारतमा अहिलेसम्म ३५ करोड ७५ लाखले कोरोना भाइरसविरुद्धको खोप लगाएको छ । 


 

Last modified on 2021-07-06 19:47:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts