टिचिङ अस्पतालको उपनिर्देशक बने डा. सन्तकुमार दास



Download our app to get more features

काठमाडौं, २२ असार ।  त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगन्जको उपनिर्देशकको जिम्मेवारी डा. सन्तकुमार दासलाई दिइएको छ।

दुई वर्षको कार्यकालका लागि डा. दासलाई त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की डीन प्राडा दिव्यासिंह शाहले उपनिर्देशकको जिम्मेवारी दिएकी हुन्। उनलाई अस्पतालका निर्देशक प्राडा. दिनेश काफ्लले उपनिर्देशक पदका लागि सिफारिस गरेका हुन्।

अस्पतालमा उपनिर्देशकको दुई पदमध्ये एक पदमा यसअघि नै प्राडा. सुवास आर्चाय नियुक्त भइसकेका छन्।

डा. दास शिक्षण अस्पतालको कोभिड युनिट इन्चार्ज हुन्। सोमबार उपनिर्देशकको जिम्मेवार पाएको पत्र लिएको जानकारी दिँदै उनले कोभिड युनिट इन्चार्जको जिम्मेवारीमा रहनेनरहने बारे अझै कुनै निणर्य नभएको बताए।

Last modified on 2021-07-06 11:58:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts