आजबाट भेरोसेल खोप लगाएकाहरुलाई दोस्रो मात्रा लगाइँदै, छुटेकाले पनि लगाउन पाउने



Download our app to get more features

काठमाडौं, २२ असार । सरकारले आजबाट कोरानाविरुद्धको भेरोसेल खोप लगाएकाहरुलाई दोस्रो मात्रा लगाउँदैछ ।

जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाइएको थियो । पहिलो मात्रा लगाएका ३ लाख ७० हजार भन्दा बढी नागरिकलाई आजबाट खोपको दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको कार्डपनि लिएर जान मन्त्रालयले आग्रह गरेको छ । यस्तै खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत आजबाट सुरु हुने खोप अभियानमा दोस्रो मात्रा लगाउन सक्ने छन् ।

काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौँबाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाइएको थियो । 

सरकारले काठमाडौं उपत्यकासहित देशभर खोप अभियान सञ्चालन गर्न लागेको हो ।

काठमाडौं स्वास्थ्य कार्यालयले जिल्लाका ३२ स्थानमा बनाइएका खोप केन्द्रबाट खोप लगाउनका लागि स्थान तोकेको छ ।

Last modified on 2021-07-06 10:24:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts