गण्डकीको प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशक बने खिमबहादुर खड्का



Download our app to get more features

कास्की, २१ असार । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशक पदमा खिमबहादुर खड्का नियुक्त भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसमा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले खड्कालाई स्वास्थ्य निर्देशनालयको निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरको हो ।

खड्का हेल्थ इन्सपेक्सन समूहका ११ औँ तहका कर्मचारी हुन् । यसअघि उनी प्रदेश स्वास्थ्य तालिम केन्द्र र आपूर्ति व्यवस्थापन केन्द्रको जिम्मेवारीमा थिए ।

प्रदेश स्वास्थ्य निर्देशक रहेका डा. विनोदबिन्दु शर्मा प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव भएर गएपछि उक्त पद रिक्त भएको थियो ।

निर्देशक खड्काले आजैबाट प्रदेश स्वास्थ्यको जिम्मेवारी सम्हालेका छन् ।

Last modified on 2021-07-06 07:25:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts