नेपालमा वर्षेनी १७ हजार मानिसको क्षयरोगका कारण मृत्यु, ६० प्रतिशत बिरामी उपचार बाहिर



Download our app to get more features

काठमाडौं, २० असार । नेपालमा वर्षेनी १७ हजार मानिसहरुको क्षयरोगका कारण मृत्यु हुने गरेको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रका डा. राकेश कुमार साहले नेपालमा क्षयरोगका कारण बिरामी फेला पर्ने क्रम अझै नरोकिएको र वर्षेनी १७ हजारको मृत्यु हुने गरेको बताए ।

उनले आर्थिक वर्ष २०७६/०७७ मा २७ हजार ७ सय ४५ नयाँ बिरामी फेला परेकोमा कोरोना महामारीको क्रममा त्यो संख्या ६९ हजार पुगेको बताए ।

डा. साहले अहिलेपनि ६० प्रतिशत बिरामीको पत्ता लगाएर उनीहरुलाई उपचारको आवश्यकता रहेको बताए । 

डा.साहका अनुसार हाल देशभरका ४ हजार डट्स केन्द्रबाट औषधि दिँदै आएको भएपनि कोरोनाले गर्दा क्षयरोगीका बिरामीको संख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।

उनले कोरोनाका कारण क्षयरोगका बिरामीलाई बढी प्रभावित बनाएको हुँदा क्षयरोग र कोरोनाको लक्षणसँग मिल्दोजुल्दो हुँदा परीक्षण गराउन पनि सबैले आग्रह गरे ।

Last modified on 2021-07-05 08:04:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts