नेपालमा कोरोनाका कारण मृत्यु हुने संख्या घट्दै, १ सय ८१ जना भेन्टिलेटरमा उपचाररत



Download our app to get more features

काठमाडौं, १९ असार । नेपालमा कोरोनाका कारण मृत्यु हुने बिरामीको संख्या घट्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा जम्मा १९ जनाको मात्रै कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो समय नेपालमा कोरोनाका कारण मृत्यु हुने संख्या निरन्तर ओरालो लाग्दै गएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार १ सय ९८ पुगेको छ ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या २७ हजार ७ सय १६ रहेको छ । जसमा २४ हजार ६ सय ७५ जना होम आइसोलेसनमा छन्. भने ३ हजार ४१ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

हाल रहेका सक्रिय संक्रमितमध्ये ६ सय २७ जना आईसीयूमा उपचाररत छन् भने १ सय ८१ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।

Last modified on 2021-07-04 13:21:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts