नेपाल सरकारले गर्यो सिनोफार्म कम्पनीसँग ४० लाख डोज खरिदबारे सम्झौता
काठमाडौं, १८ असार । नेपाल सरकार र चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग ४० लाख डोज भेरोसेल खोप खरीदको सम्झौता गरेको छ ।
सम्झौताअनुसार असार २४ गते बाट खोप आपूर्ति सुरु भइ तत्पश्चात साप्ताहिकरुपमा विभिन्न चरण मार्फत खोप आपूर्ति गर्ने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते ९जुलाई ८ तारिख० वाइड बडी ए ३३० जहाज पठाउने तयारी गरिएको नेपाल वायुसेवा निगमले यसअघि जनाइसकेको छ ।
Last modified on 2021-07-03 11:02:07