चितवनमा रगत अभाव हुन नदिन सिएमसीले गर्‍यो रक्तदान कार्यक्रम



Download our app to get more features

चितवन, १८ असार । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको समयमा रगत अभाव कम गर्न रक्तदान गरिएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) ले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

शुक्रवार अस्पताल परिसरमा भएको सो कार्यक्रममा १९ जना महिला सहित ५९ जनाले रक्तदान गरेका अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटा जानकारी दिए । नवगठित संस्था लायन्स क्लब अफ रोयल चितवनको संयोजकत्त्वमा भएको सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाको प्राविधिक सहयोग रहेको थियो ।

यसैबीच, शुक्रवार भरतपुरमा लायन्स क्लब अफ रोयल चितवन गठन गरिएको छ । सामाजिक सेवाको क्षेत्रमा निकै सक्रिय युवा अमृत काफ्लेको अध्यक्षतामा सो क्लबको गठन गरिएको हो । त्यस्तै, क्लबको प्रथम उपाध्यक्षमा पारस अधिकारी, द्वितीय उपाध्यक्षमा सुमन घिमिरे, सचिवमा विनिता दाहाल र कोषाध्यक्षमा कृष्णकला कुँवर चयन भएका छन् ।

विभिन्न संघसंस्थामा समेत आवद्व नवगठित क्लबका अध्यक्ष काफ्ले चितवन मेडिकल कलेजका क्याथ ल्याब इन्चार्ज हुन् । नवगठित क्लबको शुक्रवार नै पदस्थापन गरिएको छ ।

Last modified on 2021-07-03 06:54:40

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts