नेपालमा हालसम्म ७ लाख ५७ हजार ६ सय ३५ जनाले लगाएको कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा
कुन प्रदेशमा कतिले लगाए खोपको पहिलो र दोस्रो मात्रा ?
काठमाडौं, १८ असार । नेपालमा कोरोना विरुद्धको खोप अभियान अन्तर्गत सबैभन्दा बढी खोप बागमति प्रदेशका लगाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोभिसिल्ड र भेरोसेल गरी लगाइएको खोपहरुमा बागमित प्रदेशमा सबैभन्दा धेरै मानिसले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म कोभिसिल्ड र भेरोसेल गरि जम्मा ३३ लाख ६२ हजार ५ सय १ जनाले खोप लगाइसकेका छन् । जसमा पहिलो मात्रा २६ लाख ४ हजार ८ सय ६६ जनाले लगाएका छन् भने ७ लाख ५७ हजार ६ सय ३५ जनाले दोस्रो मात्रा लगाइसकेका छन् ।
कोभिसिल्डको पहिलो मात्रा १८ लाख २८ हजार ४ सय ८४ जनाले लगाएका छन् भने ४ लाख ५९ हजार ६ सय २५ जनाले दुबै मात्रा लगाइसकेका छन् ।
यस्तै ७ लाख ७६ हजार ३ सय ८२ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् भने २ लाख ९८ हजार १० जनाले दुबै मात्रा लगाइसकेका छन् ।
कुन प्रदेशमा खोपको पहिलो र दोस्रो मात्राको अवस्था यस्तो छ :