नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ६ लाख ७८ हजारभन्दा बढी, निको हुनेदर ९४ प्रतिशत
काठमाडौं, १८ असार । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ६ लाख ७८ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ हजार २ सय ९९ नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा १० हजार ५ सय ९६ कोरोना परीक्षण गरिएको छ । जसमा ६ हजार ५ सय ६६ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ३ सय ९१ र ४ हजार ३० एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ९ सय ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ६ लाख ७८ हजार ८ सय ८ पुगेको छ । जसमा ६ लाख ४२ हजार ५३ जनामा आरटी पिसिआर विधिबाट कोरोना देखिएको छ भने ३६ हजार ७ सय ५५ जनामा एन्टीजेन विधिबाट कोरोना देखिएको छ ।
यस्तै गत २४ घन्टामा थप ३ हजार ४ सय ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ । यो दर कुल संक्रमितको ९४ प्रतिशत हो ।