एमबीबीएस लगायत सबै परीक्षामा सहभागिको निःशुल्क पिसिआर गरः विवेकशील साझा युवा संगठन



Download our app to get more features

काठमाडौं, १७ असार । विवेकशील साझा युवा संगठनले एमबीबीएस लगायत सबै प्रवेश परीक्षामा विद्यार्थीको पिसिआर परीक्षण निःशुल्क गर्न सरकारसँग माग गरेको छ । 

संगठनले बिहीवार विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगले साउन ९ गतेबाट लिने भनेको एमबीबीएस परीक्षामा सहभागि विद्यार्थीको निःशुल्क पिसिआर परीक्षण र र सङ्क्रमित परीक्षार्थीको लागि यातायात र स्वस्थ क्वारेन्टाईनको व्यवस्था गर्न माग गरेको हो ।

विवेकशील साझा युवा संगठन महासचिव सरोज गौतमले एमबीबीएस लगायत चिकित्सा शिक्षाका विभिन्न विधाको प्रवेश परीक्षा अगाडी गर्नुपर्ने पिसिआर परीक्षण सरकारले निःशुल्क गर्न माग गरेको बताए । उनले प्रवेश परीक्षाका लागि दर्ता भएका सम्पूर्ण विद्यार्थीहरूलाई प्राथमिकताको साथ यथाशीघ्र कोरोनाको खोप उपलब्ध गराउन पनि माग गरिएको बताए ।

संगठनले जारी गरेको विज्ञप्तिमा असार १५ गते चिकित्सा शिक्षा आयोगले सूचना जारी गर्दै  एकीकृत प्रवेश परीक्षामा विद्यार्थीले परीक्षाको ७२ घण्टा अघि गर्नुपर्ने गर्नुपर्ने पिसिआर परीक्षणको सूचनाबारे हाम्रो ध्यानाकर्षण भएको उल्लेख छ । एकीकृत परीक्षण सम्बन्धी विद्यार्थीहरूको लागि वर्षौँदेखिको मेहनत देखाउने विशेष परीक्षा हो भने अभिभावकका लागि पनि उत्तिकै महत्त्वको क्षण भएको हुँदा अभिभावकलाई थप भारत नदिन पनि भनिएको छ ।

एउटा विद्यार्थीले चार हजार रुपैयाँ दस्तुर तिरेर परीक्षा फारम भरी परीक्षा दिँदै गर्दा फेरी थप रकम तिरेर पिसिआर परीक्षण गर्न लगाउनु विद्यार्थीका निम्ति न्यायोचित नभएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सरकारी अस्पतालहरूमा कोरोना परीक्षणको नतिजा आउने समय निश्चित नै नहुने र निजीमा रु. दुई हजार तिरेर पिसिआर परीक्षण गर्नु विद्यार्थी र अभिभावकका निम्ति थप आर्थिक भार त हो नै साथै  यो सुनौलो सपना देखिरहेका कलिला मस्तिष्कहरूमा सरकारको अवाञ्छित शोषण हुने विज्ञप्तिमा भनिएको छ ।


साथै, नयाँ शैक्षिक सत्रका कक्षाहरू सुरु हुन गइरहेको अवस्थामा मुलुकभरिका सम्पूर्ण विद्यार्थीहरू तथा शिक्षकहरूका निम्ति छिटोभन्दा छिटो भ्याक्सिनको व्यवस्था गर्न समेत विज्ञप्तिमार्फत् माग गरिएको छ ।

Last modified on 2021-07-01 19:23:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts