बच्चाको दाँतमा किरा लाग्ने यी हुन् कारण...



Download our app to get more features

दाँत सड्दा त्यसको सतहमा प्वाल हुन्छ । यसलाई क्याभिटी भनिन्छ । बोलीचालीको भाषामा यसलाई नै दाँत किराले खानु भनिन्छ । यस्तो समस्या धेरै बालबालिकामा हुने गरेको छ । आधुनिकतासँगै भित्रिएका जंक फुड, चक्लेट, कोल्ड ड्रिङ्सको अधिक प्रयोगले दाँतमा किरा लाग्ने लगायत समस्या आउने गरेको पाइन्छ । 

नेपालका कुल बालबालिका मध्ये आधा भन्दा बढीको दाँत किराले खाएको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । तुलानात्मक रुपमा ग्रामीण भूभागका भन्दा शहरी भेगका बालबालिकाको दाँत किराले बढी खाएको पाइन्छ । 
दाँतलाई किराले यसरी खान्छ 

दाँतमा किरा एक्कासी लाग्ने होइन । धेरै दिनसम्म दाँतको सरसफाइ गरिएन भने दाँतमा फोहोर बस्छ । यसलाई प्लाक भनिन्छ । प्लाक कडा भएर टार्टर बन्छ जसले दाँत र गिजालाई बिगार्छ । प्लाकमा हुने ब्याक्टेरियाले दाँतलाई बिस्तारै प्वाल बनाउन थाल्छ र किरा लाग्न सुरु हुन्छ ।

अहिलेको समयमा झन् कोरोना महामारीका कारण सबै बालबालिका घरमै हुँदा अभिभावकले विशेष ख्याल दिन सक्छन् । डाक्टरहरुका अनुसार अहिले पनि कपितय अभिभावकहरु बच्चाको दाँत दुख्यो भन्दै अस्पताल नै नआएपनि फोनमा परामर्श गर्ने गरेको डा.चाँदनी प्रधान बताउछिन् ।

दाँत किराले खाने प्रमुख कारण :

  •    बच्चालाई दुध चुसाएपछि दाँत सफा नगरिदिनु ।
  •    खाना खाएपछि दाँत ब्रस नगर्नु ।
  •     कुनै गुलिएको वस्तु वा दाँतमा टाँसिने खाना खाएपछि दाँत नमाझ्नु ।
  •     बच्चाको दाँत फेरिने त होनी भनेर अभिभावकले बेवास्था गर्नु ।
  •     बढी गुलियो खानु ।

जोगिने उपाय 

बच्चाको दुधे दाँतदेखि नै दाँतको सरसफाईमा ध्यान दिनुपर्छ । फेरिने दाँत त हो भनेर अभिभावकले दाँतको सफाईमा ध्यान नदिँदा यसको असर पछि आउने दाँतमा समेत पर्छ । 

  •    बच्चालाई दुध चुसाएपछि नरम सफा कपडाले दाँत पुछि दिने ।
  •    कुनै गुलियो वा दाँतमा टाँसिने कुरा खाएपछि दाँत ब्रस गर्न लगाउने ( ब्रस गर्दा नरम ब्रसको प्रयोग गर्नुपर्छ )
  •    बिहान बेलुका खाना खाएपछि दाँत ब्रस गर्ने ।
  •     गुलियो कुरा कम खान दिने ।
  •    जुनसुकै कुरा खाएपछि सफा पानीले मुख कुल्ला गर्न लगाउनु पर्छ ।

दाँत किराले खाएको देखिएमा वा दाँत दुख्ने, खाना खान गाह्रो हुने भएमा दन्त चिकित्सकसँग परामर्श गर्नुपर्छ । यसको बेलैमा उपचार गरिएन भने दाँतको जरामात्र कालो रहने हुन्छ । यसले एकातिर अर्को दाँत आउन दिदैन बाङ्गोटिङ्गो दाँत आउछ भने अर्कोतिर गिजा मुखलाई समेत हानी पुयाउँछ । यस्ता दाँतलाई पछि गिजा चिरेर झिक्नुपर्ने अवस्था आउन सक्छ । 

Last modified on 2021-06-30 10:26:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts