थप २० जनाको कोरोनाका कारण मृत्यु, सक्रिय संक्रमितको संख्या ३५ हजार ३ सय १०
काठमाडौं, १५ असार । नेपालमा थप २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टाम देशभर जम्मा २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ ।
यस्तै हाल देशभर रहेका संक्रमितमध्ये ६ सय ४९ जना आईसीयूमा उपचाररत छन् भने १ सय ८४ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
त्यसैगरी नेपालमा हाल सक्रि यसंक्रमितको संख्या ३५ हजार ३ सय १० रहेको छ । जसमा ३२ हजार ३ सय ४९ जना होम आइसोलेसनमा छन् भने २ हजार ९ सय ६१ संस्थागत आइसोलेसनमा भर्ना छन् ।
Last modified on 2021-06-30 08:12:24