बझाङ्गकी २५ वर्षीया शर्मिलाले सडकमै जन्माइन् बच्चा
बझाङ, १५ असार । बझाङको जयपृथ्वी नगरपालिका–११ की २५ वर्षीया शर्मिला खड्काले सडकमै बच्चा जन्माइकी छन् ।
उनलाइ सोमबार सुत्केरी बेथा सुरु भयो । त्यसपछि उनी सासुसँगै जिल्ला अस्पताल बझाङका लागि घरबाट निस्किइन् । तर, उनी अस्पताल भने पुग्न पाइनन् । उनलाई एक जीपले सडकमै अलपत्र अवस्थामा छाडेर गयो । त्यसपछि शर्मिलाले सडकमै बच्चालाई जन्म दिइन् ।
सडकमा रोएको आवाज सुनेपछि त्यहाँका स्थानीय शर्मिला भएको ठाएँमा पुगेका थिए । आमाको अवस्था गम्भीर र छेउमै बच्चा सुतेको देखेपछि स्थानीयले जिल्ला अस्पतालमा फोन गरेका थिए ।
तत्पश्चात जिल्ला अस्पताल बझाङको चिकित्सक टोली आएर आमा र बच्चको उद्दार गरेको अस्पतालका मेसु सन्दीप ओखेडाले बताए । एम्बुलेन्समा ल्याइएका र आमालाई उपचारपछि आज (मंगलबार) डिस्चार्ज गरिएको मेसु ओखेडाले बताए ।