महाराजगन्ज नर्सिङ क्याम्पसको क्याम्पस प्रमुखमा प्राध्यापक चन्द्रकला शर्मा नियुक्त



Download our app to get more features

काठमाडौं, १५ असार । महाराजगन्ज नर्सिङ क्याम्पस महाराजगञ्ज (आइओएम)को निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी प्राध्यापक चन्द्रकला शर्मालाई दिइएको छ।

क्याम्पस प्रमुख प्रा सुलोचना श्रेष्ठ उमेर हदका कारण अवकाश भएपछि असार १४ गतेबाट लागू हुने गरी प्राध्यापक शर्मालाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको हो।

प्राध्यापक शर्मा यसअघि सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा थिइन। उनलाई २०७५ फागुन १० गते सहायक क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको थियो।

उनले हिजो निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी सहितको पत्र लिएकी छन् । शर्मा विगत ३४ वर्षदेखि नर्सिङ पेशामा आवद्ध छिन । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts