शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप नियुक्त



Download our app to get more features

काठमाडौं, १४ असार । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकको जिम्मेवारी डा.अनुप बास्तोलालाई दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. सागरराज भण्डारीले भोलिदेखि अवकाश पाउने भएपछि डा.बास्तोलालाई निर्देशकमा नियुक्त गरेको हो ।

मन्त्रीस्तरिय निर्णयबाट उनलाई निर्देशकमा नियुक्त गरिएको हो ।

११ औं तहका डा. बास्तोला यसअघि अस्पतालका प्रमुख कन्सल्ट्यान्ट थिए भने कोभिड संयोजक पनि हुन् ।

Last modified on 2021-06-29 07:11:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts