२४ घन्टामा थप ४२ जनाको कोरोनाका कारण मृत्यु, सक्रिय संक्रमितको संख्या ४० हजारभन्दा कम



Download our app to get more features

काठमाडौं, १४ असार । नेपालमा थप ४२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ४२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना सक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ । 

यस्तै हाल नेपालभर सक्रिय संक्रमितको संख्या ३७ हजार ९ सय ५० रहेको छ । जसमा ३५ हजार ७५ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८ सय ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै देशभर रहेका संक्रमितमध्ये ६ सय ५७ जना आईसीयूमा उपचाररत छन् भने १ सय ९३ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।

Last modified on 2021-06-28 20:22:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts