नेशनल हेल्थ केयरले देशमै बनायो रेम्डिसिभिर, अधिकतम मूल्य ३५ सय पर्ने



Download our app to get more features

काठमाडौं, १४ असार । देशको अग्रणी औषधि उत्पादक कम्पनी नेशनल हेल्थ केयरले नेपालमै रेम्डिसिभिरको उत्पादन र बिक्रिवितरण सुरु गरेको छ । कम्पनीले सोमबार विज्ञप्ति जारी गर्दे अमेरिकाको एफडिएले स्वीकृति समेत दिएको औषधि रेम्डिसिभिर निर्माण र बिक्रि थालेको जनाएको हो । 

कम्पनीले यस औषधिको उत्पादनका लागि गत बैशाख ३१ गते स्वीकृति पाएको र रेम्डिसिभिर जेनेरिकको औषधिलाई नेशनलले 'रेम्सिभिर' ब्राण्ड नाम दिएको अजय पाण्डेले हाम्रो डक्टरन्युसँगको कुराकानीमा बताए । उनले भने, "हिजोबाट बजारमा पाठाएका छौं, काठमाडौै, बिर्तामोड तथा विराटनगर पुगेको छ, अब माग कस्तो आउँछ हेर्न बाकिँ छ । यदि आवश्यकता पर्याै भने दैनिक १५ हजार पठाउन सक्ने क्षमता छ ।" 

बजारमा उपलब्ध नेशनल हेल्थ केयरको १०० एमजीको रेम्सिभिरको प्रति भाइललाई ३ हजार ५ सय अधिकतम खुद्रा मुल्य पर्ने पाण्डेले बताए ।  कोरोनाको दोश्रो लहर आएसँगै रेम्डिसिभिरको चरम अभाव भोग्न परेको अवस्थामा देशभित्रै अत्यावश्यक औषधि उत्पादन भएको हो ।
 
यस अघि औषधि व्यवस्था विभागले नेपालमै रेम्डिसिभर उत्पादनका लागि नेपाल औषधि उत्पादक संघलाई पनि अनुमति दिएको  छ । 

Last modified on 2021-06-28 18:08:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts