नेपालमा कोरोना संक्रमित थपिने दर २ हजारभन्दा तल झर्यो, मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, १३ असार । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप ३४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप १९ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार गत २४ घन्टामा ६ हजार आरटी पिसिआर परीक्षण गर्दा १३ सय ५३ र ३ हजार ८ सय ३६ एन्टिजेन परीक्षण गर्दा ५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म नेपालमा आरटी पिसिआर विधिबाट ६ लाख ३३ हजार ६ सय ७९ जना र एन्टीजेन विधिबाट ३२ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा ३ हजार ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८४ हजार ३ सय ३४ पुगेको छ ।

Last modified on 2021-06-28 09:00:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts