उपत्यकामा जारी निषेधाज्ञाको विषयमा छलफल गर्न प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै



Download our app to get more features

काठमाडौं, १३ असार । कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको विषयमा प्रमुख जिल्ला अधिकारीहरुबीच छलफल हुँदैछ ।

उपत्यकाका तिन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः एकसाता थप्ने र निषेधाज्ञाको स्वरुपको बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।  

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सम्भवतः एक साताका लागि निषेधाज्ञा थपिने र निषेधाज्ञाको स्वरुप हालको जस्तै राख्ने बताए ।

उपत्यकामा जारी निषेधाज्ञा भोलि राति १२ बजे सकिँदै छ । अहिले समय र बार तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ । 

यसअघि मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्सीलगायतमा जोर–बिजोर लागु गरिएको छ । सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ । 

कुन–कुन क्षेत्रमा खुकुलो बनाउने भन्नेबारे टुंगो लागिनसकेको सीडीओ पराजुलीले बताए । 

Last modified on 2021-06-27 12:38:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts