एन्टिमाइक्रोविएल्स र एन्टिबायोटिक औषधिहरुको बढ्दो दुरुपयोग नियन्त्रण गर्न चिकित्सक संघको माग 



Download our app to get more features

काठमाडौं, १२ असार । नेपाल चिकित्सक संघले एन्टिमाइक्रोविएल्स र एन्टिबायोटिक औषधिहरुको बढ्दो दुरुपयोग नियन्त्रण गर्न माग गरेको छ। 

संघले शनिबार ध्यानाकर्षण पत्र जारी गरी एन्टिमाइक्रोविएल्स र एन्टिबायोटिक औषधिहरुको बढ्दो दुरुपयोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलसँग माग गरेको हो। 

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरुको बिना सिफारिस एन्टिबायोटिक्स, स्टेरियोड्स र सेटाभिड्स लगायतका गम्भीर किसिमका एलोपेथिक औषधिहरुको प्रयोगलाई पूर्ण रुपमा निधेष गर्नका लागि अनुमगन गरी नियन्त्रण गर्नुपर्ने ध्यानाषर्कण पत्रमा उल्लेख गरिएको छ। 

यस्तै, विभिन्न प्रकारका उपचार पद्धतिको अस्वाभाविक प्रचार प्रसार गरी सर्वसाधारणलाई भ्रम सिर्जना गर्ने काम तत्काल निषेध गर्न र दर्ता नभएका व्यक्ति उपचार प्रक्रियामा समावेश भए छानबिन गरी रोक लगाउन पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ। 

सरकारले यी कुराहरुलाई नियन्त्रण गर्न नसके स्वास्थ्य सेवा प्रवाहमा गम्भीर समस्या आउन सक्ने संघले  जनाएको छ ।  

Last modified on 2021-06-27 08:28:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts