नेपालमा सक्रिय संक्रमितको संख्या ४२ हजारमा झर्यो, थप ३० जनाको कोरोनाका कारण मृत्यु



Download our app to get more features

काठमाडौं, १२ असार । नेपालमा कोरोना भाइरसका कारण थप ३० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ३० जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ ।

यस्तै नेपालमा हाल रहेका संक्रमितमध्ये ७ सय ३४ जना आईसीयूमा उपचाररत छन् भने २ सय २२ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।

पछिल्लो समय दैनिक कोरोना संक्रमित थपिने दर घटेसँगै नेपालमा सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ । 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ । जसमा ३९ हजार १ सय ९९ जना होम आइसोलेसनमा छन् भने २ हजार ८ सय २५ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् । 

Last modified on 2021-06-26 20:20:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts