२४ घन्टामा २ हजार १६ जनामा कोरोना संक्रमण, निको हुनेदर ९२ प्रतिशत नजिक
काठमाडौं, १२ असार । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ६ लाख ६० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप २ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ९ हजार ८ सय १० कोरोनाको नमूना परीक्षण गरिएको छ । जसमा ४ हजार ७ सय ४ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार १ सय ७४ जना र ४ हजार ८ सय ६ एन्टीजेन परीक्षण गर्दा ८ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ६ लाख ३२ हजार ३ सय २६ जना र एन्टीजेन विधिबाट ३१ हजार ५ सय ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने समग्रमा नेपालमा ६ लाख ६३ हजार ८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा ४ हजार ९ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३ सय २७ जना स्वस्थ भएका छन् । यो दर कुल संक्रमितको ९१ दशमलव ९ प्रतिशत हो ।