अक्सिजन सिलिन्डर सहयोगको लागि एनआरएनए कुवेतले रकम केन्द्रीय कार्यालयमा बुझायो



Download our app to get more features

काठमाडौं, ११ असार । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति कुवेतले नेपालमा अक्सिजन सिलिन्डर सहयोगार्थ सङ्कलित १६ लाख ७४ हजार ९ सय रुपैयाँ एनआरएन केन्द्रीय कार्यालयको सचिवालयमा बुझाएको छ ।

कोरोना महामारीको दोस्रो लहरका कारण नेपालमा भएको अक्सिजन अभावलाई केही मात्रामा भए पछि सम्बोधन गर्न मध्यपूर्वमा कार्यरत नेपाली माझ अभियान सञ्चालन गरी उठेको १६ लाख ७४ हजार ९ सय रुपैयाँ एनआरएन केन्द्रीय कार्यालयको सचिवालयमा बुझाएको एनआरएनए कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिए । 

एनआरएन कुवेत राहत कोषबाट २ लाख रुपैयाँ संस्थागत र सहयोगी सङ्घसंस्था र सहयोगी हातहरूबाट सङ्कलन भएको रकम हस्तान्तरण गरिएको आपतकालिन राहत समिति संयोजक राना ध्वज लामाले बताए । 

महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बेला पनि मध्यपूर्व(खाडी)का देशमा रहेका नेपालीहरूले नेपाललाई सहयोग गर्न रकम जुटाएका छन् । 

कोरोना भाइरसको दोस्रो लहरको भयावह स्थितिमा नेपालका सातै प्रदेशमा सहयोग पुर्‍याउने लक्ष्यका साथ एनआरएन मध्यपूर्वले आइसिसी सचिव आरके शर्माको संयोजकत्वमा अभियान चलाएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts