कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा नृपेन्द्र महत



Download our app to get more features

 काठमाडौं, ११ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा नृपेन्द्र महत नियुक्त भएका छन् । तत्कालिन स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकुलपति शेरबहादुर तामाङले ३ असारमा उनलाई रजिष्ट्रार पदमा नियुक्त गरेका हुन् ।

त्यसअघि प्रतिष्ठानका उपकुलपति डा मंगल रावलको महत सहित तीन जनाको नाम सिफारिस गरेका थिए । रजिष्ट्रार नियुक्ति उपकुलपतिको सिफारिसमा सहकुलपतिले गर्ने व्यवस्था छ ।

रजिष्ट्रार पदको कार्यकाल चार बर्षको रहनेछ । महत यसअघि नेकपा एमालेको भातृ संस्था युवासंघका उपाध्यक्ष हुन् ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts