स्वास्थ्य मन्त्रालयको जिम्मेवारी शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई
काठमाडौं, १० असार । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन पछि गरेको मन्त्रिपरिषद विस्तारलाई मंगलाव बदर गरिदिएपछि रिक्त रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठलाई दिइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयसहित शिक्षा र वन मन्त्रालयको पनि जिम्मेवारी दिएका छन् ।
Last modified on 2021-06-25 09:30:23