भरतपुर अस्पतालको सूचना अधिकारीको जिम्मेवारी पुनः पौडेललाई
चितवन, १० असार । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालको सूचना अधिकारीको जिम्मेवारी पुनः लीलाधर पौडेललाई दिइएको छ ।
सोही अस्पतालमा कार्यरत पौडेललाई सो जिम्मेवारी दिईएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन न्यौपानेले जानकारी दिए ।
डा. न्यौपानेका अनुसार सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ मा भएको व्यवस्था अनुसार अस्पतालको सूचना प्रवाह गर्ने प्रयोजनको लागि उनलाई अर्को व्यवस्था नहुँदासम्मको लागि सो जिम्मेवारी तोकिएको हो । सूचना अधिकारीको लागि मोवाईल नं. ९८५५०९२२८० व्यवस्था गरिएको छ ।
पौडेललाई सूचना अधिकारीको कामकाज गर्दा अस्पतालको प्रवक्तासँग समेत समन्वय गर्न अनुरोध गरिएको छ । अहिले सोही अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौला अस्पतालका प्रवक्ता रहेका छन् ।
यसअघि डा. वासुदेव पाण्डेको पालामा सोही अस्पतालमा कार्यरत शाखा अधिकृत कृष्ण प्रसाद गौतमलाई सूचना अधिकारीको जिम्मेवारी दिईएको थियो ।
गौतम भन्दाअघि पनि अस्पतालको सुचना अधिकारीमा डेढ वर्ष भन्दा लामो समयदेखि पौडेल नै रहेका थिए । उनले पहिलो चरणको कोरोना कहरकाबीच आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्हालेका थिए ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।