डडेल्धुरामा कोरोना संक्रमितको दर घट्दै, खाली हुन थाले अस्पतालका शय्याहरु



Download our app to get more features

डडेल्धुरा, १० असार । कोरोना संक्रमणदर घटेसँगै डडेल्धुराका अस्पतालका श्यया खाली हुँदै गएका छन् । एक हप्ता अघिसम्म यहाँका कोरोना उपचार हुने अस्पतालमा श्यया नपाएर बिरामीलाई बरण्डामा राखुपर्ने समेत अवस्था थियो ।
 
दैनिक ठूलो संख्यामा संक्रमित भर्ना हुने डडेल्धुरामा संक्रमण घटेपछि अहिले अधिकांश बाहिरी जिल्लाका बिरामी डडेल्धुराका अस्पतालमा उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । 

जिल्लामा संक्रमण दर घटेसँगै अस्पताल अस्पतालका कोभिड कक्षकै श्ययासमेत खाली भएका छन् । अस्पतालमा १ सय ४ मध्ये मंगलबार ९८ श्याया खाली भएका छन् ।

कोरोना उपचार हुँदै आएका अस्पतालमा रहेका जम्मा संंक्रमित संख्या २०२ जनाको रहेका मध्ये १ सय ६५ व्यक्ति उपचार पश्चात निको भएर घर फर्केको डडेल्धुरा अस्पतालका नि.प्रमुख डा. जगदिश चन्द्र विष्टले जानकारी दिए । 

डडेल्धुरामा अहिले संक्रमितभन्दा कोरोना जितेर घर फर्किनेको संख्या धेरै छ । 

दैनिक २ जनाभन्दा धेरैको मृत्यु हुँदै आएकामा केही दिनयता मृत्युदर समेत न्यून भएको छ ।
 
अस्पतालमा मृत्यु हुनेमा अधिकांश बाहिरी जिल्लाका रहेका बताइएको छ। कोरोना संक्रमणबाट अस्पतालमा हालसम्म ३१ जनाको मृत्यु भएको छ ।

Last modified on 2021-06-24 17:34:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts