कोरोनाका कारण मृत्यु हुनेको संख्या अद्यावधिक गरियो, थपिए २४ सय २१ नयाँ संक्रमित



Download our app to get more features

काठमाडौं, ९ असार । सरकारले कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या अद्यावधिक गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोरोना सम्बन्धी जानकारी दिने क्रममा गत २४ घन्टामा ५२ जनाको कोरोनाका कारण मृत्यु भएको र अद्यावधिक संख्यामा थप २९ जनाको कोरोनाका कारण मृत्यु भएको बताएको छ । जस अनुसार नेपालमा थप ८१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ८ सय ९४ पुुगेको छ ।

गत २४ घन्टामा थप २ हजार ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ हजार ५ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालभर ७ सय ३४ जना आईसीयूमा उपचाररत छन् भने २ सय १३ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

Last modified on 2021-06-24 07:48:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts