ललितपुर महानरगरका ७७ वर्षमाथिका नागरिकले आज खोपको दोस्रो मात्रा पाउने
ललितपुर, ९ असार । ललितपुर महानगरपालिकाका ७७ वर्षमाथिका नागरिकले आज कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा पाउने भएका छन् । महानगरपालिकाले सूचना निकालेर ७७ वर्ष माथिका २ हजार २ सय नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा खोप लगाइने जानकारी दिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयबाट कोभिशिल्डको दोस्रो मात्राको लागि २५ सय खोप मात्रै उपलब्ध भएकाले वडाको सिफारिसमा ७७ वर्ष माथिका २ हजार २ सय जनालाई र बाँकी स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, कर्मचारी र जनप्रतिनिधिलाई लगाइने महानगरपालिकाले जनाएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने खोपको लागि आठ वटा केन्द्र तोकिएका छन् ।
Last modified on 2021-06-23 21:28:40