नेपालमा कोरोनाविरुद्धको खोपको परीक्षण गर्न बाटो खुल्यो



Download our app to get more features

काठमाडौं, ८ असार । नेपालमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण गर्न  दिने बाटो खुलेको छ। मन्त्रिपरिषद्‍को सोमबार बसेको बैठकले विदेशमा उत्पादनरअध्ययनरपरीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्नसक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयले नेपाली जनताले खोप पाउने विषय पनि सहज हुने बताए।

अहिले विश्वभरिका जनताले लगाइरहेको खोप पनि परीक्षणमै रहेकोले नेपालले खोप उत्पादक कम्पनी अथवा देशलाई परीक्षणको लागि अनुरोध गर्न सकिने उनले बताए। परीक्षण गर्न आउने खोप उत्पादकले र त्यो देश जनताको अधिकतम हितलाई ध्यान दिएर काम गर्ने हुँदा अन्यथा लिन नहुने पनि डा.ज्ञवालीले बताए।

नेपालमा हेपाटाइटिस, कालाजार, मलेरिया, जापनिज इन्सेफ्लाइटिस जस्ताको सफल परीक्षण भएकोले कोरोनाविरुद्धको खोपको परीक्षण पनि फाइदाजनक हुने डा. ज्ञवालीले बताए।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनासम्बन्धी विभिन्न अध्ययन गरिरहेको बताएको छ। साथै, आगामी असार १७ र १८ गते काठमाडौंमा बृहत सम्मेलन गर्न लागेको छ।

Last modified on 2021-06-23 07:43:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts