थप ४१ जनाको कोरोनाका कारण मृत्यु, होम आइसोलेसनमा बस्नेको संख्या ४९ हजारमा झरयो



Download our app to get more features

काठमाडौं, ८ असार । नेपालमा थप ४१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ४१ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ८ सय १३ पुगेको छ । 

हाल नेपालभर ४९ हजार ४ सय २५ जना होम आइसोलेसनमा छन् भने ३ हजार २ सय २३ जना संस्थागत आइसोलेसनमा भर्ना छन् ।

यस्तै देशभर रहेका संक्रमितमध्ये ७ सय ६१ जना आईसीयूमा भर्ना छन् भने २ सय ज्ञ८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

Last modified on 2021-06-22 20:20:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts