झन्डै १३ दिनपछि ४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि, निको हुनेदर ९० प्रतिशत नाघ्यो



Download our app to get more features

काठमाडौं, ८ असार । नेपालमा झन्डै १३ दिनपछि ४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो १३ दिनदेखि निरन्तर ओरालो लाग्दै गएको कोरोना संक्रमणको दर गत २४ घन्टामा  फेरि बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ४ हजार ५ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा १६ हजार ९ सय १३ कोरोना परीक्षण गरिएको छ । जसमा १२ हजार २ सय ४ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ७ सय ३ र ४ हजार ७ सय ९ एन्टीजेन परीक्षण गर्दा ८ सय १९ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ६ लाख २६ हजार ३ सय ४३ र एन्टीजेन विधिबाट २८ हजार १ सय २७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर ४ हजार ९ सय ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ६४ हजार ८ सय ८९ पुगेको छ । यो दर कुल संक्रमितको ९० दशमलव २ प्रतिशत हो । 

Last modified on 2021-06-22 20:19:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts