स्वास्थ्य मन्त्रालयको जिम्मा पाएका तामाङ्ग १५ दिनमै पदमुक्त
काठमाडौं, ८ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङ्ग पदमुक्त भएका छन् ।
सर्वोच्च अदालतले मंगलवार अन्तरिम आदेश जारी गर्दै संसद विघटनपनि विस्तार गरिएको मन्त्रीपरिषद बदर गरेसँगै स्वास्थ्यमन्त्री तामाङ्ग १५ दिनमै पदमुक्त भएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले बताएको हो ।
जेठ ७ गते संसद विघटन गरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ मा एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका थिए भने उपप्रधानमन्त्रीसहित १० मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका थिए ।
Last modified on 2021-06-22 20:19:23