जनस्वास्थ्य प्रयोगशालामा ३ लाख भन्दा धेरैको पीसीआर परीक्षण

काठमाडौं, ७ असार । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन लाख भन्दा बढी पिसिआर परीक्षण भएको छ।
संक्रमण बढ्ने संकेत देखिएपछि सरकारले जनस्वास्थ्य प्रयोगशालामा पहिलो पटक कोरोना भाइरसको पिसिरआर परीक्षण गर्ने व्यवस्था गरेको थियो। त्यसपछि हालसम्म प्रयोगशालामा ३ लाखभन्दा बढीको परीक्षण भइसकेको प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिए।
उनका अनुसार तीन लाखभन्दा बढीको परीक्षण भएपछि प्रयोगशालामा औपचारिक कार्यक्रम गरिएको छ। नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिँदा हङकङमा परीक्षण गर्न पठाउनु परेको थियो।