नेपालमा थप ४६ जनाको कोरोनाका कारण मृत्यु, सक्रिय संक्रमितको संख्या ५३ हजारभन्दा बढी
काठमाडौं, ७ असार । नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या निरन्तर घट्दै गएको छ ।
पछिल्लो समय नयाँ संक्रमित थपिने दरमा कमी आएसँगै सक्रिय संक्रमितको संख्या पनि घट्न थालेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५३ हजार ९ सय ४० रहेको छ । त्यसमध्ये ५० हजार ३ सय ४ जना होम आइसोलेसनमा छन् भने ३ हजार ६ सय ३६ जना संस्थागत आइसोलेनसमा भर्ना भएका छन् ।
यस्तै गत २४ घन्टामा देशभर ४६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ७ सय ७२ पुगेको छ ।
हाल नेपालभर रहेका संक्रमितमध्ये ८ सय ११ जना आईसीयूमा उपचाररत छन् भने २ सय ३७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
Last modified on 2021-06-22 08:43:57