नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर ९० प्रतिशत नजिक, थपिए २२ सय ९७ नयाँ संक्रमित



Download our app to get more features

काठमाडौं, ७ असार । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ६० हजार नजिक पुगेको छ ।

गत २४ घन्टामा देशभर ३ हजार १ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५९ हजार ९ सय २८ पुगेको छ । यो दर कुल संक्रमितको ८९ दशमलव ९ प्रतिशत हो ।

यस्तै गत २४ घन्टामा देशभर २ हजार २ सय ९७ जना नयाँ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १० हजार ९ सय ४ कोरोना परीक्षण गरिएको छ । जसमा ६हजार ५ सय ८३ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार ५ सय ८४ र ४ हजार ३ सय २१ एन्टीजेन परीक्षण गर्दा ७ सय १३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

हालसम्म नेपालमा आरटी पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणमा ६लाख २२ हजार ६सय ४० जनामा कोरोना पोजेटिभ देखिएको छ भने २७ हजार ३ सय ८ जनामा एन्टीजेन विधिबाट कोरोना पोजेटिभ देखिएको हो ।

Last modified on 2021-06-21 18:42:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts