कैलाली अस्पतालमा आईसीयू र एनआईसीयू सेवा सुरु
धनगढीस्, ७ असार । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अवस्थित कैलाली अस्पतालले आईसीयू र एनआईसीयू सेवा सञ्चालनमा ल्याएको छ।
अस्पतालले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै ५ बेडको एनआईसीयू र ८ बेडको आईसीयू सेवा गरेको जानकारी दिएको हो।
कैलाली अस्पतालले अन्य अस्पतालको तुलनामा सुलभ आईसीयू र एनआईसीयू सेवामार्फत उपचार गरिने अस्पतालका संस्थापक जनकराज जोशीले बताए।