कोरोनाबाट पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन
काठमाडौं, ६ असार । पुर्व सञ्चार राज्यमन्त्री तथा संविधान सभा सदस्य समेत नेपाली काँग्रेस सुर्खेतका नेता तप्तबहादुर विष्टको कोरोना संक्रमणबाट निधन भएको छ। कोरोना संक्रमणपछि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत विष्टको आज बिहान निधन भएको हो ।
कोरोना पुष्टि भएपछि बिष्टको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
काठमाडौं ल्याएपछि अवस्था झन जटिल बनेको थियो । पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट संविधानसभा सदस्य, पुर्व सुचना तथा सञ्चार राज्यमन्त्री थिए ।
विष्ट नेपाली काँग्रेस सुर्खेतका पार्टी सभापति तथा जिल्ला विकास समितिका उप सभापति समेत थिए ।